सिद्धार्थ बैंकका ग्राहकलाई सम्यक डायग्नोस्टिकमा १५ प्रतिशत छुट

 

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले ललितपुरको जावलाखेल स्थित सम्यक डायग्नोस्टिक प्रालिको सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र सम्यकबीच आइतबार यसस्तो छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिक प्रालिमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरे बापत ईन हाउस प्याथोलोजी सेवामा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।

यो सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा उत्प्रेरित गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया