हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो

चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-१३ गंगानगरकी ५९ वर्षीया तुलमाया भुजेलको मृत्यु भएको हो ।

आज बिहान ३ बजे चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्ती स्थानीय बेलसहर सामुदायिक बन हुँदै बस्ती प्रवेश गरेर घर भत्काउन थालेको थियो । हात्तीले घर भत्काउन थालेपछि तुलमाया हारगुहार गर्दै भाग्ने क्रममा घर छिमेकी गोरे तामाङको आगनमा हात्तीले मारेको हो ।

मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ । जंगली हात्तीले चारजना स्थानीयको घर समेत भत्काएको छ ।

प्रतिक्रिया