‘केपी कमरेडसँग सँगै रहन सकिन्न’ [भिडिओसहित]

काठमाडौं । विपक्षी एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानलाई लत्याउने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

पार्टीका हरेक नेता विधान मातहत भएको नेता नेपालको भनाइ छ । ‘पार्टी विधानभन्दा माथि कोही पनि हुँदैन,’ नेता नेपालले भने, ‘पार्टीलाई पार्टीको रुपमा अगाडि बढऔं भन्ने पक्षमा हामी छौँ । के केपी कमरेडले त्यो विधान मान्नहुन्छ ?’

आफूहरुले केपी ओलीको सिद्धान्त नमान्ने भन्दै नेता नेपालले थपे, ‘विधान नमान्नेसँग सँगै रहन सकिँदैन । तर, हामी केपी ओलीसँग छुटिजाने भन्ने पक्षमा पनि छैनौँ । मेरो त केपी ओलीसँगको मायाप्रीति विगत ४८/४९ वर्षदेखिको हो । तर, पार्टी पार्टीजसरी अगाडि बढ्नुपर्छ । अध्यक्ष होस् वा अरु पदाधिकारी सबै नेता/कार्यकर्ता पार्टीको विधान मातहत हुनुपर्छ ।’

 

प्रतिक्रिया