नेपाल–खनाल पक्ष पत्रसहित बालुवाटारमा

काठमाडौं । विपक्षी एमालेले संसदीय दलको बैठक (ओली पक्ष) मा लिखित पत्र पठाएको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा नेपाल–खनाल पक्षले पत्र पठाएको हो ।

नेता विशाल भट्टराईले मकालु खबरलाई दिएको जानकारीअनुसार नेपाल–खनाल समूहका तीन नेताहरु पत्रसहित बालुवाटार पुगेका हुन् । ‘उहाँहरु पत्रसहित आउनुभएको थियो,’ भट्टराईले भनेका छन्, ‘मलाई आधिकारिक रुपमा फोन गरेर पनि भन्नुभएको थियो ।’

दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार,जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया