नेपाल–खनाल पक्ष पत्रसहित बालुवाटारमा
२०७७ चैत ७ गते

|विपक्षी एमाले नेताहरुः जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे र यज्ञराज सुनुवार। फाइल तस्बिर|
काठमाडौं । विपक्षी एमालेले संसदीय दलको बैठक (ओली पक्ष) मा लिखित पत्र पठाएको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा नेपाल–खनाल पक्षले पत्र पठाएको हो ।
नेता विशाल भट्टराईले मकालु खबरलाई दिएको जानकारीअनुसार नेपाल–खनाल समूहका तीन नेताहरु पत्रसहित बालुवाटार पुगेका हुन् । ‘उहाँहरु पत्रसहित आउनुभएको थियो,’ भट्टराईले भनेका छन्, ‘मलाई आधिकारिक रुपमा फोन गरेर पनि भन्नुभएको थियो ।’
दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार,जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे बालुवाटार पुगेका थिए ।
२०७७ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








