वातावरण बचाउन मार्च (फोटो फिचर)
२०७७ चैत ६ गते

|काठमाडौंमा भएको प्रर्दशन। तस्बिरः मकालु खबर|
काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना खारेजको मागसहित काठमाडौंमा प्रदर्शन भएको छ । विमानस्थल खारेजको माग गर्दै युवाहरुले शुक्रबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
विभिन्न नारा लेखिएको पर्चा, पम्पलेटसहित सडकमा ओर्लिएका युवाहरुले बानेश्वरको एभरेष्ट होटलदेखि बबरमहलस्थित वन कार्यलयसम्म मार्चपाससमेत गरेका छन् । प्रदर्शनमा ‘हरियो वन कसको धन ?, निजगढ बचाउ’लगायतका नारा लगाइएको थियो ।
हरिन नेपाल र पावरसफ्ट नेपालले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनमा उल्लेख्य युवाहरुको सहभागिता थियो । विमानस्थल शुरुदेखि नै विवादित बन्दै आएको छ । नागरिक उड्डयन प्राधिकरणले गत माघमा पर्यटन मन्त्रालयमा सरकार आफैँले विमानस्थल निर्माण गर्ने गरी प्रस्ताव पठाएको थियो ।

|तस्बिरः मकालु खबर|
२०७७ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








