दुईवटै मुद्दा हार्‍यौँ, सर्वोच्चमाथि आक्षेप लगाएनौँ : ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपा एमालले दुई वटै मुद्दा हारेको बताएका छन् ।

शुक्रबार आह्वान भएको संसद बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । ‘सर्वोच्चको दुवै फैसलालाई हामी सम्मान गर्छौँ,’ ज्ञवालीले भनेका छन्, ‘हामी आफूअनुकूल आउँदा लड्डु पनि खादैनौँ । आफूप्रतिकूल आउँदा झोक्र्याउँदैनौँ पनि ।’

साविक नेकपाप्रति इङ्गित गर्दै ज्ञवालीले भनेका छन्, ‘हामीले सर्वोच्चको फैसलालाई सम्मान गर्छौँ । किनकी, सर्वोच्चले जे गर्नुपर्छ भन्ने आफैँ ठम्याउन सक्छ ।’

प्रतिक्रिया