चाल्नाखेलमा दुई पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई पुरुषको शव भेटिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रभाव विष्टले मकालु खबरलाई दिएको जानकारीअनुसार चाल्नाखेलको खहरेमा दुई शव भेटिएको हो । ‘हामी घटनास्थलतर्फ जाँदैछौँ,’ प्रवक्ता विष्टले भने, ‘घटनाबारे अहिल्यै सबै कुरा भन्न सकिन्न ।’

प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो ।

प्रतिक्रिया