आइक्यासलाई राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रदायकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्यास प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

२०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै केही दिनमै आफ्नो सेवा दिने भएको छ ।

चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्ष्यसमेत लिएको जनाएको छ ।

डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडी बढाउने योजना रहेको भट्टराइले बताए । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाइसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाइमा पुर्‍याउनेगरी काम भइरहेको उनले बताए ।

आइक्यासले सञ्चालन गर्ने आइक्यास मोबाइलएप र आइक्यासको वेव प्लेटफर्ममार्फत् मोबाइल रिचार्ज तथा विभिन्न सेवा प्रदायकहरुको बिल भुक्तानी गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया