इन्भेष्टमेन्ट बैंकको डिजिटल वालेट ‘थैली’ सेवा सुचारु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘थैली’ नामक डिजिटल वालेट सेवा सुचारु गरेको छ ।

बैंकले ग्राहकलाई बैंक र एटीएममै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले डिजिटल भुक्तानीलाई बढावा दिन थैली वालेट ल्याएको बताएको छ ।

राष्ट्र बैंकले केही दिनअघि मात्रै डिजिटल माध्यमबाट हुने कारोबारको सीमा बढाएको थियो । सोलगत्तै बैंकले थैली सुरु गरेको हो ।

थैली इन्भेष्टमेन्ट बैंकको मोबाइल मनी वालेट एप हाे । यसबाट द्रुतगतिमा पैसा पठाउन, पाउन, अकाउन्ट चेक गर्न शून्य पैसामै सकिन्छ । थैली डिजिटल वालेट दुवै मोबाइल बैंकिङ र मोबाइल वालेट एप्लिकेसन भएको बैंकले जनाएको छ ।

यसमा ग्राहकले आफ्नो बैंकको एकाउन्ट जोड्नुपर्छ । यसबाट विभिन्न पी२पी फन्ड ट्रान्सफर, पैसा पठाउन र पाउन सकिने बैंकले जनाएको छ ।

यसैबीच, बैंकले नयाँ कर्जा सुविधा ‘थैली ओभरड्राफ्ट’ पनि सुरु गरेको छ । यसबाट साना तथा मध्यम र किराना स्टोरहरुलाई ओभरड्राफ्ट कर्जाको सुविधा उपलब्ध हुनेछ ।

प्रतिक्रिया