नबिल बैंकले ७.५१ प्रतिशत ब्याज प्रदान गर्ने

काठमाडौं । नबिल बैंकले आफ्नो व्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्‍याएको छ । यो ६ महिनाभन्दा बढी समयको व्यक्तिगत मुद्दति खाताहरूमा लागू हुने बैंकले जनाएको छ । बैंकले ब्याजदरका साथ व्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् ।

यस बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा रहेको भन्दै ग्राहकको उच्च सन्तुष्टि एवम् आधुनिक बैंकिङ युगको शुरूवात गर्नेतर्फ केन्द्रित रहेको पनि संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यक्तिगत मुद्दति खाताहरूमा उच्च ब्याजदर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्‍याउने आशा बैंकले गरेकोसमेत विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया