एमाले संसदीय बोर्डमा नेपाल र खनाल पनि, अरु को को छन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बोर्डमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।

नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई दिएको जानकारीअनुसार बोडर्मा खनाल–नेपाललाई पनि राखिएको हो । ‘उहाँहरुलाई पनि राखिएको हो,’ नेता नेम्वाङ्गले भनेका छन्, ‘मिलेरै जाने भन्ने पक्षमा छौँ । हामीले कसैलाई कारबाही गरेका छैनौँ ।’

केपी शर्मा ओली अध्यक्ष रहने बोर्डमा नेपाल, खनाल र नेम्वाङ्गसँगै विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मालगायतका नेताहरु छन् । यसैगरी भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य रहेका छन् । थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएको नेता नेम्वाङ्गले बताए ।

यस्तै बैठकले संसदीय दलको विधान संशोधनको लागि तीन सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य विमला राई पौडेल रहेका छन् ।

प्रतिक्रिया