जसपा कार्यकारिणी परिषद्को बैठक स्थगित
२०७७ चैत ५ गते

काठमाडाैं । जसपा कार्यकारिणी परिषद्को बैठक स्थगित भएको छ । विहीबार बिहान ११:३० बजे बस्न लागेको बैठककाे तयारी नपुगेकाले स्थगित भएकाे र तयारी पूरा गरि बैठक बस्ने जसपा नेता केशव झाले मकालु खबरलाई जानकारी दिए ।
समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेतालगायतको विषयमा छलफल गर्न बैठक बाेलाइएकाे थियाे ।
जसपाभित्र केपी शर्मा ओली नेतृत्वका सरकारलाई नै सघाउने कि नयाँ सरकार गठनको प्रयासमा लाग्ने भन्नेबारे मत बाँडिएको छ । आफूहरुको माग जसले पूरा गर्छ त्यसैलाई सहयोग गर्ने पक्षमा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु छन् भने ओलीलाई ‘प्रतिगमनकारी’ भन्दै वर्तमान सरकारलाई कुनै हालतमा सहयोग गर्न नसकिने पक्षमा उपेन्द्र यादवलगायतका नेताहरु छन् । यही विषयलाई टुङ्गोमा पर्याउन आज कार्यकारिणीको बैठक आह्वान गरिएको थियो ।
२०७७ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








