संसदीय दलको बैठकबारे विपक्षी एमालेभित्र दुईथरी धारणा
२०७७ चैत ५ गते

|एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल। तस्वीरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको संसदीय दलको बैठकमा जाने कि नजाने भन्ने विषयमा विपक्षी एमालेभित्र दुई फरक धारणा देखिएको छ ।
ललितपुरको हेरिटेज होटलमा भेला भएका खनाल–नेपाल पक्षका सांसदले ओलीले आह्वान गरेको बैठकमा जाने कि नजाने भन्ने विषयमा फरक–फरक धारणा राखेका हुन् ।
केही सांसदले बैठकमा जानुपर्ने र त्यहीँ आफ्ना कुरा राख्नपर्ने बताएका थिए भने केही सांसदले जान नहुने र जाँदा शीर्ष नेतासहित सबै जानुपर्ने बताएका थिए ।
हेरिटेजमै चलिरहेकाे छलफलमा रहेकामध्ये केही सांसद बालुवाटारकाे बैठकमा जाने भनेर हिँडेपनि उनीहरुलाई नेताहरुले फर्काएकाे सांसद दीपकप्रकाश भट्टले मकालु खबरलाई जानकारी दिए । ‘म चाहिँ गइनँ,’ सांसद भट्टले भनेका छन्, ‘केही साथीहरु जानुभएको थियो । तर, उहाँहरु पनि फर्किसक्नुभयो ।’
२०७७ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








