रहेनन् कांग्रेस नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति अशोक कोइरालाको निधन भएको छ । केही दिनदेखि अस्वस्थ रहेका कोइरालाको बिहीबार बिहान न्यूरो अस्पताल विराटनगरमा निधन भएको कांग्रेस जिल्ला सचिव नागेश कोइरालाले पुष्टि गरे ।

दिवंगत कोइराला संविधानसभा सदस्य तथा एक कार्यकाल राष्टिय सभाको उपाध्यक्ष बनेका थिए भने एक कार्यकाल नेपाली कांग्रेस जिल्ला सभापति भएका थिए ।

कोइरालाको एक छोरा, एक छोरी र श्रीमती छन् । विराटनगरको कोइराला निवासमा विसं २००१ सालमा जन्मिएका कोइराला विराटनगर ८ मधुमारामा बसोबास गर्दै आएका थिए ।

उनी विराटनगर उपमहानगरपालिका हुँदाको पहिलो मेयर थिए । कोइरालाको निमोनियाँकै कारण निधन भएको पुष्टि भएको छ । उनको आजै दिउँसो १ बजे विराटनगरमै अन्त्येष्टि गरिने भएको छ ।

कोइरालको निधनप्रति कांग्रेस मोरङले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया