ग्लोबल आइएमई बैंक र बोधिहोल्डिङ प्रालिबीच सम्झौता सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधिहोल्डिङ्ग प्राइभेट लिमिटेडबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधिहोल्डिङ प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीअनुसार बैंकले बोधिहोल्डिङ प्रालिले ओमसतिया- ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजनामार्फत् घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

यसका साथै ग्लोबल आइएमई बैंक, बोधिहोल्डिङ प्रालिले निर्माण गर्ने परियोजनाको बैकिङ पार्टनरको रुपमा पनि रहनेछ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया