बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ ।

बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले बैंकले एकै दिननेपालगञ्जमा रहेको सनराइज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार तथा रानीतलाउमा रहेको कृषिउपजबजार समिति र कोहलपुरमा रहेको कृषिबजार व्यवस्थापन समितिअन्तर्गत संचालनमा रहेका तरकारी तथा फलफूल पसलहरूमा क्युआर कोड हस्तान्तरण गरेको छ ।

बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले तिस्थानमा क्युआर कोड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्गबजार, रानीतलाउमा रहेको कृषिउपजबजार तथा कोहलपुरमा रहेको कृषिबजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य वस्तुजस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकमसमेत क्युआर कोडबाट भुक्तानी गर्न सकिनेछ ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत् डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्नेलगायतका थुप्रै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यही कुरालाई मध्यनजर गर्दै बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
स्थापनाकालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालैमात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत् खाता एवं मुद्धति खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

प्रतिक्रिया