नेप्से ४० अंकले बढ्दा कारोबार रकम भने साढे ३ अर्ब मात्र

काठमाडौं । नेपालको सेयर बजार परिसूचक (नेप्से) ४० अंकले बढेको छ । बुधबारको कारोबारपछि परिसूचक २४३२.१४ बिन्दुमा पुगेको छ । नेप्से बढ्दा पनि कारोबार रकम भने खासै बढ्न सकेको छैन ।

यस दिन ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १ सय ७८ रुपैयाँमा २ सय १२ कम्पनीको ८६ लाख २६ हजार ६ सय ६७ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार सबै समूहका परिसूचक हरिया भएका छन् । यस दिन सबैभन्दा बढी चन्द्रागिरि हिल्सको सेयर १ सय ६ रुपैयाँ अर्थात् ९.९२ प्रतिशतले बढेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, जोशीको सेयर ९.७७ प्रतिशतले बढेको छ । ग्रिनलाइफ हाइड्रो पावरको सेयर ९.७२ अंकले बढेको छ । यीसहित ६ ओटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

प्रतिक्रिया