प्रचण्डसँग सल्लाह गरेर बाम सरकार जोगाउन ओलीलाई गौतमको सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उपाध्यक्ष बामदेव गौतमले बाम सरकार जोगाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा बोल्दै गौतमले यस्तो आग्रह गरेका हुन् ।

सरकार जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुराकानी गर्न अनुरोध गर्दै गौतमले भनेका छन्, ‘बाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ । प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस् । नेपालका सबै कम्युनिष्ट पार्टीलाई पार्टीगत एकता गर्न नसकेपनि राजनीतिक संयुक्त मोर्चामा ल्याउन सफल हुनेछ भनेर अगाडि बढेको छु । म सफल हुन्छु ।’

यस्तै गौतमले ओलीलाई पुनःस्थापित एमालेको विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार, पार्टी चलाउन सुझाव दिए ।

प्रतिक्रिया