वागमती प्रदेश निर्माण व्यवसायी महासंघमा श्रेष्ठ

काठमाडौं । बागमती प्रदेश निर्माण व्यवसायी महासंघमा सुबित श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

धादिङ्गमा भएको महासंघको पहिलो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुत , उपाध्यक्षमा दिपेन्द्र थापा, महासचिवमा राजकुमार बुढाथोकी उपमहासचिवमा भक्तबहादुर बस्नेत सचिवमा कृष्णकुमार केसी, कोषाध्यक्षमा उमेश रिजाल र सह कोषाध्यक्षमा राजेश भेटवाल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा राजेन्द्र उप्रेती, पदमबहादुर श्रेष्ठ, लिलाकुमारी थापा, हिरा लामा, इन्द्रबहादुर तमाङ्ग, चन्द्रकुमार वाइवा, लामा रेन्जन घले निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया