राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठक मंगलबारका लागि आह्वान गरिएको हो । ‘हो राष्ट्रपतिज्यूले आह्वान गर्नुभएको हो,’ सचिव अधिकारीले भने, ‘भोलिको लागि आह्वान गर्नुभएको हो । समसामयिक विषयमा छलफलको लागि आह्वान गर्नुभएको हो ।’

भोलि अपराह्न ४ बजेका लागि आह्वान गरिएको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार राष्ट्रपतिले यसअघि नै दलहरुसँग कुराकानी गर्न चाहेकी थिइन् । यद्यपि कोरोना कहरका कारण बैठक आह्वान गर्न सकिएको थिएन ।

 

प्रतिक्रिया