सनराइज बैंकको ‘ब्लुचिप फण्ड’का इकाई बिक्री सुरु

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले सनराइज बैंकको म्युचुअल फण्डका इकाईहरुको बिक्री खुला गरेको छ । ‘सनराइज ब्लुचिप फण्ड’ नाम दिइएको उक्त म्युचुअल फण्डका इकाइहरुको बिक्री चैत १ बाट सुरु गरेको हो । यस उक्त योजना अन्तर्गत लगानीकर्ताले म्युचुअल फण्डका इकाई पाएको मिटिले १० वर्षमा मुनाफासहितको रकम फिर्ता हुने छ ।

उक्त बन्दमुखी योजनाअन्तर्गत १० करोड इकाई बिक्री गरिने कम्पनीले जनाएको छ । १० रुपैयाँ प्रतिइकाई मूल्य रहेको उक्त फण्डका इकाइहरु न्युनतम १०० कित्तासम्म आवेदन गर्न पाइने छ । अधिकतम १ करोड कित्ता किन्नु पर्ने छ ।यस योजनाले इकाई बिक्रीबाट सङ्कलित रकमको ८० देखि १०० प्रतिशतसम्म शेयरका लगानी गर्ने योजना रहेको छ ।

के हो सनराईज ब्लुपिच फण्ड ?

सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको योजना सनराइज ब्लूचिप फण्ड हो । यस योजनाको कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेड रहेको छ । योजना व्यवस्थापक सन्राइज क्यापिटल लि हो । यो एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गर्ने अर्थात इक्विटि ओरिएण्डेड योजना हो । यस योजनामा कोष प्रबद्र्धक सनराइज बैंक लिले बिक्री गर्ने कुल इकाई रकमको कम्तिमा १५ प्रतिशत अर्थात १५ करोड रकम बीज पूँजीको रुपमा लगानी गर्नेछ ।सनराइज ब्लूचिप फण्डअन्तर्गत लगानी हुने ब्लुचिप कस्ता कम्पनी हुन् ?

सामान्यतया ब्लूचिप कम्पनी भन्नाले नियमित रुपमा उच्च प्रतिफल दिन सक्ने, उच्च बजार पूँजीकरण भएका, वित्तीय अवस्था सवल भएको तथा दीर्घकालमा बजारभन्दा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीलाई बुझाउँछ । उक्त योजनामा संकलित रकममाथि उल्लेखित विशेषता भएका कम्पनीहरुमा लगानी गरिन्छ ।

सनराईज ब्लुचिप फण्ड कस्तो योजना हो ?

विशेषतः यो एउटा सामुहिक लगानी कोष हो, जसले लगानीकर्ताहरुबाट संकलित रकमलाई ब्लूचिप कम्पनी तथा उदयमान ब्लूचिप कम्पनीहरुमा लगानी गर्छ । यसरी सिर्जित लगानीको पोर्टफोलियो बजारमा आउने सामान्य उतार चढावले असर नगर्ने तथा तुलनात्मक रुपमा सुरक्षित हुन्छ ।

योजनाको उद्देश्य के हो ?

यस योजनाको प्रमुख उद्देश्य उच्चतम प्रतिफल दिने ब्लुचिप कम्पनीका शेयर तथा अधिकतम प्रतिफल प्राप्त हुने अन्य धितोपत्रहरुमा लगानी गरी लामो समयसम्म इकाईधनीहरुलाई नियमित प्रतिफल दिई इकाईको खुद सम्पत्तिमा उच्च वृद्धि कायम राख्नु हो । यो योजना व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताका लागि उपयुक्त छ । योजनाले दिर्घकालको लागि लगानी गर्न र उच्च प्रतिफलको अपेक्षा राख्ने लगानीकर्तालाई उपयुक्त अवसर प्रदान गर्दछ ।

कोष सुपरीवेक्षक को को हुन् ?
सनराइज म्युचुअल फण्डले यस योजनाको सुपरिवेक्षण गर्न विविध फरक फरक विधामा अनुभवप्राप्त निम्न ५ जनालाई कोष सुपरिवेक्षकका रुपमा नियुक्त गरेको छ

क. कृष्ण बहादुर मानन्धरः पूर्व डेप्युटी गभर्नर, नेपाल राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकमा अधिकृत विशिष्ट श्रेणीमा ३६ वर्षभन्दा बढीको अनुभव । हालविभिन्न शैक्षिक संस्थाहरुमा प्रध्यापकको रूपमा कार्यरत ।

ख. चण्डी प्रसादश्रेष्ठः पूर्व गृह सचिव, नेपाल सरकार । नेपाल सरकारको विभिन्न विशिष्ट तहहरुमा २८ वर्षभन्दा बढीको अनुभव । हाल धुलिखेल क्याम्पसमा संचालक सदस्यको रुपमा कार्यरत ।

ग. पूर्णमानशाक्यःवरिष्ट अधिवक्ता । न्यायप्रशासन, कानुनतथान्यायपालिका क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव । हालत्रिभुवनविश्वविद्यालयतथा नेपाल ल क्याम्पसमाप्रध्यापकतथा सर्वोच्चअदालतको बार एसोसिएसनको चेयरमेन र कानुनव्यवसायिको रुपमाकार्यरत

घ. बुद्धि प्रसाद आचार्यः पूर्व प्रबन्ध निर्देशक, नेपाल टेलिकम । नेपाल टेलिकममा विभिन्न पदहरुमा तथा लेखापरीक्षक भई १९ वर्षभन्दा बढीको कार्य अनुभव । हाल विपि आचार्य एण्ड कम्पनी, चार्टड एकाउण्टेण्टसमा प्रोप्राइटरको रूपमा कार्यरत ।

ङ. सुधिर कुमार शर्माः चार्टड एकाउन्टेण्ट । बैंक तथा वित्तीय संस्था र चार्टड एकाउन्टेण्ट पेशामा २० वर्षभन्दा बढीको अनुभव । हाल एस एण्ड एस एसोसिएट्समा चार्टड एकाउन्टेण्टको रूपमा कार्यरत ।

सनराइज ब्लुचिप फण्डले कम्पनीको छनौट गर्दा कस्ता रणनीतिहरु अबलम्बन गर्छ ?

सनराइज क्यापिटलले कम्पनीको छनौट गर्ने क्रममा विभिन्न कम्पनीको आधारभूत तथा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरी विभिन्न कम्पनीको दैनिक रुपमा वर्गीकरण गर्दछ । यसरी वर्गीकरण गरेपछि कम्पनीलाई सनराइज क्यापिटलले तयार गरेको स्टक ग्रेडिङ्ग पोलिसीको आधारमा ब्लूचिप तथा उदयमान ब्लूचिप कम्पनीमा छुट्याइन्छ र उक्त कम्पनीका शेयरमा लगानी केन्द्रित रहन्छ । साथै यस योजनाले सनराइज नेपाल स्टक एक्चेञ्जद्वारा ‘क’ वर्गमा वर्गिकरण गरिने कम्पनीका शेयरमा आफ्नो लगानी केन्द्रित गर्दछ । योजनाको कम्पनी छनौट गर्ने रणनीतिले विशेष गरी कम्पनीको वित्तीय अवस्था, कम्पनीको व्यवस्थापन, व्यवसायको प्रकृति तथा संस्थागत सुशासनलाई विशेष महत्व दिन्छ ।

सनराइज ब्लुचिपमा नै किन लगानी गर्ने ?

बजारमा थुप्रै सामुहिक लगानी कोषहरु सञ्चालनमा छन् र ती योजनाको प्रकृति तथा उद्देश्य पनि फरक फरक छन् । सन राइजब्लूचिप फण्डको पनि आफ्नो छुट्टै उद्देश्य छ । विश्वव्यापी रुपमा हेर्दा पनि ब्लूचिप फण्डहरु प्रतिफल तथा ख्यातिको हिसाबले उपयुक्त मानिन्छ । नेपालमा पनि म्युचुअल फण्डको इतिहासमा पहिलो पटक यस प्रकृतिको योजना आउँदै गरेको हुँदा यसमा लगानी गर्नु उपयुक्त हुन्छ । साथै यस योजनाका निम्न लिखित पक्षले लगानीकर्तालाई सनराईज ब्लुचिप फण्डमा लगानी गर्न प्रेरित गर्दछ–

  • यस फण्डले औषतमा वार्षिक २२.३८ प्रतिशत प्रतिफल दिने उद्देश्य लिएको छ ।
  • सनराइज ब्लुचिप फण्डले उच्च बजार पूँजीकरण भएका कम्पनीहरुमा लगानी गर्दछ र यस्ता कम्पनीहरु तुलनात्मक रुपमा अन्य कम्पनीभन्दा वित्तीय रुपमा सवल, संस्थागत सुशासनमा अब्बल तथा बजारको सामान्य उतार–चढावले असर नगर्ने किसिमका हुन्छन् । साथै यस्ता कम्पनीका शेयरहरुको बजारमा नियमित कारोवार हुने तथा खरिद बिक्री समेत सहज रुपमागर्न सकिने हुन्छ । साथै, लामो समयसम्म नियमित तथा अधिकतम प्रतिफल दिने खालका हुन्छन् ।
  • सनराइज ब्लुचिप फण्ड धितोपत्रहरुको छनोटको निम्ती कोष व्यवस्थापन टोली तथा अनुसन्धान टोलीको व्यवस्था रहेको हँंदा धितोपत्रहरुको होल्डिङ्ग पिरियड तथा अनुमानित प्रतिफल र मूल्यांकन नियमित अनुसन्धान तथा विश्लेषण गरी सोही अनुरुप कार्यान्वयन समेत गरिने भएकोले बजारमा केही अंक घटबढ हुँदा समेत लगानीकर्ताको लगानीमा केही असर नपर्ने र लामो अवधीसम्म प्रतिफलको स्रोत बन्न सक्छ ।
  • कुनै लगानीकर्ताले एउटा निश्चित उदेश्यले निश्चित समयका लागि केही रकम बचत गर्न चाहन्छ, सो वचत छोराछोरीको पढाइ, तीनीहरुको उज्वल भविश्य वा सोही प्रकारका भविश्यमा बनाइने योजनाहरुको सफल कार्यान्वयनका लागि वा अन्य कुनै कारण हुन सक्छ । साथै, अवकाशपछि सुखमय समयको कल्पनामा समेत सम्पत्ती वचत गर्ने गरिन्छ । यस्तो अवस्थामा सनराइज ब्लुचिप फण्डमा गरिने लगानी एक उपयुक्त स्रोत हुन सक्छ, जसले लगानीकर्ताहरुलाई नियमित प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

सनराइज म्युचुयल फण्ड अन्तर्गतको सनराइज फर्स्ट म्युचुअल फण्डको प्रगती कस्तो छ ?

सनराइज म्युचुअल फण्ड अन्तर्गत हाल संचालनमा रहेको सनराइज फस्र्ट म्युचुअल फण्डले सञ्चालनको पहिलो नौ महिनाको अवधीमा आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांश वितरण गरेको छ । गत हप्तासम्मको यस फण्डको खुद सम्पत्ती मूल्य रु. १७.५४ रहेको छ र माघ मसान्त सम्मको खुद सम्पत्ती मूल्यअनुसार औषत वार्षिक प्रतिफ ४६ प्रतिशत रहेको छ ।

अन्त्यमा,

शेयर बजारमा जोखिम तथा अवसर दुबै छन् । बजारमा विभिन्न किसिमका अनिश्चितता पनि निहित रहन्छन् । यस्ता जोखिम तथा अनिश्चितताको कारणले विभिन्न समयमा बजारमा उत्पन्न हुने उतार चढावले लगानीकर्तालाई उद्देश्य अनुरुपको प्रतिफल प्राप्त गर्न समस्या भएको हुन सक्छ, यस्तो परिस्थितिलाई सहज रुपमा समाधान गर्न सनराइज ब्लुचिप फण्ड उत्तम विकल्प हो । साथै अनुभवी कोष सुपरीवेक्षकको निगरानीमा सञ्चालन हुने यस योजनाले बलियो वित्तीय अवस्था भएका, नियमित प्रतिफल दिने र बजारको उतार चढावले कम असर गर्ने ब्लुचिप कम्पनीमा लगानी गर्दछ । साथै यस योजनाले वार्षिक २२.३८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको अवस्थामा सनराइज ब्लुचिप फण्डमा लगानी गरेर ढुक्क हुन सकिन्छ ।

आवेदन दिने प्रक्रिया

  • नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ ।
  • मेरो शेयर प्रयोग गर्ने लगानीकर्ताले meroshare.cdsc.com.np मा गई आवेदन दिन सकिन्छ ।
प्रतिक्रिया