आफ्नो कीर्तिमान भंग गर्ने रोनाल्डोलाई पेलेको बधाई

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले ब्राजिलका महान खेलाडी पेलेको आधिकारिक गोलको रेकर्ड तोडेका हुन् । गएराती भएको युभेन्टसको सिरी ए अन्तर्गतको खेलमा काग्लीअरीविरुद्ध ह्याट्रिक गरेसँगै रोनाल्डोले पेलेको क्यारियरको ७६७ आधिकारिक गोलको रेकर्ड तोडेका हुन् ।

उनले आफ्नो खेल जीवनमा ७७० गोल गरेका छन् । यो पेलेले खेल जीवनमा गरेको भन्दा तीन गोल बढि हो । यसअघि पेलेको ७५७ गोल भनिएपनि उनको आघिकारिक खेल र गोल रेकर्ड ७६७ मानिएको थियो ।

रोनाल्डोले आफ्नो रेकर्ड तोडेपछि पेलेले बधाई दिँदै रोनाल्डोको प्रसंशा गरेका छन् । उनले भनेका छन्, ‘जीवन एक्लो यात्रा हो, सबैले आफ्नो यात्रा तय गर्छन, र तिम्रो जीवनको यात्रा कति सुन्दर छ, म तिम्रो खेल्ने शैलीको प्रसंशक हुँ । तिमि खेलेको हेर्न मलाई निकै मनपर्छ । मेरो आधिकारिक गोल रेकर्ड तोडेकोमा तिमीलाई धेरै धेरै बधाई ।’

केही रिपोर्टहरुमा यसलाई विश्व कीर्तिमान पनि भनिएको छ । तर चेक फुटबल एसोसिएसनले भने सर्वाधिक गोलकर्ताको कीर्तिमान अस्ट्रिया र चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानको नाममा रहेको दाबी गर्छ । बिकानले ८२१ गोल गरेको दाबी चेक फुटबल एसोसिएसनको छ ।

प्रतिक्रिया