‘ओलीसँगको वार्ता रेशम चौधरी रिहाइको लागि मात्रै हो, सत्ता सहकार्यको होइन’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् । आइतबार लुम्बिनीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न रुपन्देही पुगेका अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

ओलीसँग मात्रै नभएर प्रतिगामीसँग कोही कसैसँग सहकार्य नहुने बताएका अध्यक्ष यादवले भनेका छन्, ‘प्रतिगामीसँग सहकार्य हुँदैन । प्रधानमन्त्रीसँग भएको वार्ता रेशम चौधरीको रिहाइका लागि मात्रै हो । सत्ता साझेदारीका लागि हैन ।’

यस्तै अध्यक्ष यादवले कम्युनिष्ट र कांग्रेस दुवै सत्ता चलाउन असफलसिद्ध भएको बताए । उनले आफूहरुले कांग्रेस र माओवासँग मिलेर सरकार बनाउने दाबी पनि गरे ।

प्रतिक्रिया