गेटाफेसँग रोकियो एथ्लेटिको मड्रिड

काठमाडौं । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेसँग बराबरी खेलेको छ । घरेलु टिम गेटाफेले एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलअवधिभर बल नियन्त्रणमा लिएपनि एथ्लेटिको मड्रिडले जित्न सकेन । पहिलो हाफसम्म एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोकेको गेटाफे ७० औं मिनेटमा भने १० खेलाडीमा सीमित बन्यो । एथ्लेटिको मड्रिडका रेनान लोडीलाई फोउल गरेपछि एलान नियोमले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा झरेको थियो । तर निकै दबाबमा आएको गेटाफेविरुद्ध एथ्लेटिको मड्रिडले जित निकाल्न सकेन ।

ला लिगाकै अर्को खेलमा लेभान्टेले भ्यालेन्सियालाई १-० गोलअन्तरले पराजित गरेको छ । काडिज र अलभेसले १–- गोलको बराबरी खेल्दा ओसासुना र भालाडोलिडले भने गोलरहित बराबरी खेलेका छन् ।

बराबरीसँगै एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक भएको छ । गेटाफेको भने २७ खेलबाट २८ अंक छ । लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको २७ खेलबाट ५७ अंक छ । लिगमा एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ ।

प्रतिक्रिया