यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल चैत्र ०१ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि– प्रतिपदा,२५ घडी १२ पला, बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– उत्तराभाद्रपदा,४८ घडी ४० पला,रातको ०१ बजेर ४५ मिनेट उप्रान्त रेवती । योग–शुभ,०२ घडी ५७ पला,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त शुक्ल । करण–बव,बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४५ पला । चैत्रसंक्रान्ति, चन्द्रोदय, ग्याल्पो लोसार, पञ्चक ।

आजको बार बेला ।
बिहान ०६ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर १८ मिनेटदेखी बिहान ७ बजेर ४६ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ४७ मिनेटदेखी बिहान ९ बजेर १५ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर १६ मिनेटदेखी बिहान १० बजेर ४५ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ४६ मिनेटदेखी मध्यान्ह १२ बजेर १४ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १५ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर १३ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर १४ मिनेटदेखी बेलुकी ४ बजेर ४२ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ४३ मिनेटदेखी बेलुकी ७ बजेर ४२ मिनेटसम्म शुभ बेला ।

नोटः- शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर ४१ मिनेटदेखी बेलुकी ०६ बजेर ११ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । व्यापारमा प्रशस्त समय दिदादिदै पनि मन्दीको सामना गर्नुपर्नेछ । महत्वकांक्षी योजनाहरु केही समयको लागी थाती राख्नुहोला । पुराना समस्याहरु बल्झने तथा थप समस्या थपिनेछन् । प्रेममा मनमुटाव बढ्ने तथा जीवन साथिसँग अबिस्वास बढ्ने योग रहेकोछ । तरपनि यात्रा हुने तथा विदेशी सामानको व्यापारमा सामान्य गतिमा बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानिका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पती हात लागी हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी पद प्राप्तीको योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछी परिनेछ । काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाती रहनेछन् । कुनै योजना भए केहिदिन गोप्य राख्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । अन्य काममा व्यास्त हुदा अध्ययन अध्यापनको पाटो कमजोर रहनेछ । चेलि तथा माईति बिचको सम्बन्धमा दुरि बढ्ने योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुशी र उमङ्गको वातावरण बन्नेछ । आफन्तबाट सुनिने सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने सकिनेछ भने दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरे अनुरूप नै सहयोगी जुट्ने छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरी तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडी बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाती रहेका कामहरुलाई गती दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरी अगाडी बढ्न सक्नेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा आजको दिन लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेपनि सही प्रयोग गर्न नजान्दा अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक दृष्टिकोणले आजको दिन मध्ययम रहेकोछ । आबेग तथा अहंकारले गलत बाटोमा नलैजाला भन्न सकिन्न । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । अनावश्यक तनाव लिने बानिले काम गर्न मन लाग्ने छैन । आफन्त तथा आमाको स्वास्थ्यमा समस्या पैदा हुनेछ । व्यापारमा मन्दी आउने भएपनि दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामान खरिद बिक्रिबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समस्या र उल्झन सुल्झाउने महत्वपूर्ण आज हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरी मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय उत्तम रहेकोछ । खानपिन, घुमघाम एवं भेटघाटमा सकभर कम समय खर्चनु नै राम्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला पैसाकै कारणले आफन्त वा साथिभाई बीच मनमुटाव सिर्जना हुनेछ । बोलिको प्रभाव घट्ने हुनाले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानी गर्न कठिन रहेकोछ । साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सामाजिक काम गरि पद पाईने योग रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया