क–कसको पोल्टोमा पर्‍यो ‘नेफ्टा अवार्ड’ ?

काठमाडौँ । ‘एलआईसी दसौँ नेफ्टा अवार्ड’ मा ‘छक्का पन्जा ३’ र ‘प्रसाद’ चलचित्र सर्वाधिक विधामा उत्कृष्ट ठहरिएका छन् । काठमाडौंमा शनिबार अबेर सकिएको अवार्ड वितरण कार्यक्रममा छक्का पन्जा ३ र प्रसाद समान ६/६ विधामा सर्वोत्कृष्ट घोषित भएका हुन् ।

चलचित्र प्राविधिक सङ्घ र ड्रिम हाई नेपालको आयोजनामा भएको अवार्डमा, २०७५ सालमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट ३१ विधाका उत्कृष्ट कलाकार तथा निर्देशकलाई अवार्ड वितरण गरिएको हो ।

अवार्ड प्राप्त गर्नेहरूको सूची:

सर्वोत्कृष्ट शृङ्गार : शमशेर लामा चलचित्र ‘रोमियो एन्ड मुना’

सर्वोत्कृष्ट भेषभूषा : युभी थापा ‘इन्टु मिन्टु लन्डनमा’

सर्वोत्कृष्ट कला निर्देशक : पासाङ टी सेर्पा ‘रोमियो एन्ड मुना’

सर्वोत्कृष्ट सङ्गीत संयोजन : उदयराज पौडेल ‘प्रसाद’

सर्वोत्कृष्ट साउन्ड मिक्सिंग : मुकेश शाह ‘डमरुको डन्डीवियो

सर्वोत्कृष्ट पार्श्व सङ्गीत : एलिस कार्की ‘डमरुको डन्डीबियो’

सर्वोत्कृष्ट गीत रचना : गणेश शाह ‘प्रसाद’ (लै लै….)

सर्वोत्कृष्ट गायन (महिला) : समीक्षा अधिकारी ‘नाइँ नभन्नु ल ३’ (बालापनको उमेर)

सर्वोत्कृष्ट गायन (पुरुष) : केतन क्षेत्री ‘प्रसाद’ (लै लै…)

सर्वोत्कृष्ट सङ्गीत : सुभाष भुसाल ‘प्रसाद’ (लै लै…)

कीर्तिमय दीर्घ योगदान सम्मान : नारायण तिमल्सिना – वरिष्ठ प्रकाश व्यवस्थापक, प्रदीपकुमार उपाध्याय – वरिष्ठ साउन्ड इन्जिनियर

सर्वोत्कृष्ट कथा : दीपकराज गिरी ‘छक्का पन्जा ३’

सर्वोत्कृष्ट पटकथा : दीपकराज गिरी ‘छक्का पन्जा ३’

सर्वोत्कृष्ट संवाद : सुशील पौडेल ‘प्रसाद’

सर्वोत्कृष्ट ट्रेलर : साहिल खान ‘ए मेरो हजुर ३’

सर्वोत्कृष्ट भीएफएक्स : आइ ड्रिम एनिमेसन ‘रोमियो एन्ड मुना’

सर्वोत्कृष्ट कलर : अर्जुन कार्की ‘हरि’

सर्वोत्कृष्ट जनजाति चलचित्र : प्रांगना (तामाङ) सन्तु तामाङ

सर्वोत्कृष्ट सह-नायिका : सुरक्षा पन्त ‘गोपी’

सर्वोत्कृष्ट सह-नायक : अनुप बराल ‘डमरुको डन्डीबियो’

सर्वोत्कृष्ट खलनायक: प्रमोद अग्रहरी ‘कथा काठमाडौँ’

सर्वोत्कृष्ट हास्य कलाकार : ‘सन्दीप क्षेत्री’ चङ्गा चेट, केदार घिमिरे ‘छक्का पन्जा ३’

सर्वोत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त ‘रणवीर’

सर्वोत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज ‘ए मेरो हजुर ३’

सर्वोत्कृष्ट नव नायक : धिरज मगर ‘इन्टु मिन्टु लन्डनमा’

सर्वोत्कृष्ट नव नायिका : सुहाना थापा ‘ए मेरो हजुर ३’

सर्वोत्कृष्ट नव निर्देशक : सङ्गीता श्रेष्ठ ‘कथा काठमाडौँ’

सर्वोत्कृष्ट सम्पादक : मित्र डी गुरुङ ‘कथा काठमाडौँ’

सर्वोत्कृष्ट छायाकार : चिन्तन राज भण्डारी ‘हरि’

सर्वोत्कृष्ट अभिनेता : विपिन कार्की ‘प्रसाद’

सर्वोत्कृष्ट अभिनेत्री : मेनुका प्रधान ‘साइँली’

सर्वोत्कृष्ट निर्देशक : दीपाश्री निरौला ‘छक्का पन्जा ३’

सर्वोत्कृष्ट चलचित्र : छक्का पन्जा ३

सर्वोत्कृष्ट जुरी अवार्ड

सर्वोत्कृष्ट चलचित्र : ‘हरि’

सर्वोत्कृष्ट अभिनेत्री : साम्राज्ञी आर एल शाह

सर्वोत्कृष्ट अभिनेता : अनमोल केसी

सर्वोत्कृष्ट चलचित्र : छक्का पन्जा ३

प्रतिक्रिया