ओलीको चेतावनी– बैठकमा नआउनेलाई विधानअनुसार कारबाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको समारोहलाई सम्बोधन गर्दै ओलीले केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित हुनेलाई पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

मञ्चबाटै आफूले चैत ७ गते पार्टीको केन्द्रीय कमिटी बैठक राखेको र बैठकमा उपस्थित हुन उर्दी गरेका ओलीले भनेका छन्, ‘२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

बाटो बिराएका नेताहरूलाई सच्चिएर आउनसमेत ओलीले आग्रह गरेका छन् । ‘माधवकुमार नेपाल पेरिसडाँडा (माओवादीको पार्टी कार्यालय) बाट बानेश्वरको अर्याल होटलसम्म रुुँदै आउनुभयो रे भन्ने सुनेँ,’ ओलीले भनेका छन्, ‘त्यहाँ आएर अर्याल होटलमा बास बसेको भन्ने सुनेको छु । उहाँलाई बालुवाटारसम्म आइपुग्न पर्याप्त समय पुगोस् भनेर चैत ७ गते बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको छु ।’

प्रतिक्रिया