बादलले सम्हाले एमालेको औपचारिक जिम्मेवारी

काठमाडौं । पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले एमालेको औपचारिक जिम्मेवारी सम्हालेका छन् । करिब चार दशकभन्दा बढी माओवादी पृष्ठभूमि बनाएर राजनीति गरेका बादलले शनिबार च्यासल पुगेर एमालेको औपचारिक जिम्मेवारी सम्हालेका हुन् ।

शुक्रबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको एमालेको विशेष बैठकले बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । तत्पश्चात् बादलले शनिबार च्यासल पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । यता माओवादी केन्द्रले भने एमालेका केन्द्रीय सदस्य बनेका २३ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ भने सरकारबाट बाहिरिन निर्देशन दिएको छ । तर, उनीहरुले भने आफू एमाले रहने बताइसकेका छन् ।

प्रतिक्रिया