समीकरणबारे माओवादीसँग कुरा गर्छौँ : महन्थ ठाकुर (भिडिओसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सत्ता समीकरणका विषयमा माओवादी केन्द्रसँग छलफल गर्ने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शुक्रबार कांग्रेससँगकाे छलफल पछि अध्यक्ष ठाकुरले सत्ता समिकरणबारे पुनः माओवादीसँग छलफल गर्ने बताएका हुन् । ‘अब माओवादी केन्द्रसँग अब छलफल हुन्छ,’ अध्यक्ष ठाकुरले भने, ‘नागरिकतासम्बन्धी समस्याहरू पनि समाधान हुनुपर्ने विषय जसपाले कांग्रेससँग राखेको छ ।’

करिब १ घण्टा चलेको छलफलमा सत्ता समीकरणलगायतका विषयमा मिलेर जाने विषयमा कुराकानी भएको थियो । ‘अलिहेको अवस्थामा सबै विषयमा कांग्रेससँग मिलेर जाने विषयमा छलफल भयो,’ ठाकुरले भने ।
बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सकारात्मक भएकाे र कांग्रेसकाे नेतृत्वमा अघि बढ्ने विषयमा थप छलफल गर्ने समझदारी भएकाे जानकारी दिए ।

का‍ंग्रेससँगकाे छलफलमा जसपाका संघीय परिषदका अध्यक्ष डा‍‌ बाबुराम भट्टराईपनि सहभागि थिए ।

यसअघि, बिहीबार प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपाका नेताहरुसँग भेट गरेका थिए । भेटका क्रममा सत्ता समीकरणकै बारेमा कुराकानी भएको र वार्ता सकारात्मक दिशाउन्मुख भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरलाई जानकारी दिए । यस्तै शुक्रबार पनि प्रधानमन्त्री र जसपाबीच छलफल भएको थियो ।

देउवासँग भेट गर्न जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय, ठाकुर र उपेन्द्र यादवलगायतका नेताहरु बुढानीलकण्ठ पुगेका थिए ।

प्रतिक्रिया