सर्वोच्चमा दुई र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिको सिफारिस
२०७७ फागुन २८ गते

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतमा दुईजना र उच्च अदालतहरुमा १८ जना न्यायाधीशलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको अध्यक्षतामा शुक्रबार बसेको न्यायपरिषदको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको हो । चुँडाल यसअघि उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतमा कार्यरत थिए ।
यस्तै बैठकले उच्च अदालतको न्यायाधीसमा नारायणप्रसाद पौडेल, ऋषि राजभण्डारी जगतनारायाण प्रधान, माधववेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेल रामेश्वर रेग्मी, ममता खनाल, फुर्वा तामाङ, श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
२०७७ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








