एनएमबिको क्युआर कोड विराटनगरको तरकारी बजारमा

काठमाडौं । एनएमबि बैंकले बिराटगरको तरकारी तथा फलफुल बजारमा क्युआर कोडमार्फत नगदरहित भुक्तानी कारोबार सेवा सुरु गरेको छ । बैंले आयोजना गरेको एक औपचारिक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी गर्भनर अधिकारीले क्युआर कोड प्रयोग गरी कागति खरिद गरेर सेवाको औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

कार्यक्रममा उनले नगदको साटो क्युआर मार्फत नगररहित भुक्तानीलाई बढावा दिन सके यो कारोबारले सहजता प्रदान गर्ने बताए ।
कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई रु. १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र समेत प्रदान गरेका थिए । बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको उनले बताए ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ,’ सिइओ केसीले भने, ‘वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, युवा उद्यमी प्रदीप कुमार मुरारका, विराटनगर–११ का अध्यक्ष त्रिथेन्द्र न्यौपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया