पत्रकार सुशील शर्माको निधन

काठमाडौं । पत्रकार सुशील शर्माको निधन भएको छ । विहीबार बेलुका अकस्मात बिरामी भएपछि ओम अस्पतालमा भर्ना गरिएको शर्माको शुक्रबार निधन भएको पत्रकार सरोज दाहालले जानकारी दिए ।
शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

शर्मा लामो समययता मृर्गौलासम्बन्धि समस्याबाट पीडित थिए ।

६३ वर्षका शर्माका श्रीमती र १ छोरा छन् । शर्माले लामो समय बीबीसीमा काम गरेका थिए ।

प्रतिक्रिया