यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन २८ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्दशी,२१ घडी २० पला, दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त औशी । नक्षत्र–शतभिषा,४१ घडी ०७ पला,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–सिद्ध,०६ घडी ०६ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त साध्य । करण– शकुनि,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त चतुष्पद ,रातको ०३ बजेर ०२ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३७ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर १९ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर २० मिनेटदेखी बिहान ७ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ४९ मिनेटदेखी बिहान ९ बजेर १७ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर १८ मिनेटदेखी बिहान १० बजेर ४६ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ४७ मिनेटदेखी मध्यान्ह १२ बजेर १५ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर १३ मिनेटदेखी बेलुकी ४ बजेर ४१ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ४२ मिनेटदेखी बेलुकी ७ बजेर ४१ मिनेटसम्म रोग बेला ।

नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर ४५ मिनेटदेखी मध्यान्ह १२ बजेर १४ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपी निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगती हुनेछ भने बिद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले आवश्यक स्रोत साधन जुटाई दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ । विशिष्ट व्याक्तिहरु नजिक हुनेछन् भने प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । शुभ समाचारले मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साथिभाई तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला आज गरिने व्यावसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ । अध्ययनमा प्रयत्न गर्दा मात्र सुधार गर्न सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । धर्म कर्ममा मन जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा कामहरु सम्पन्न नहुँदा पुराना तथा नयाँ कामहरु थाती रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा दैनिकी कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । स्वास्थ्य स्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक कार्यले हौसला प्रदान गर्नेछ भने रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मनपर्ने वस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ । माया प्रेममा रमाउन सकिनेछ भने साथ दिनेहरु प्रशस्त भेटिनेछन् । सुन्दर पहिरनले व्यात्तित्वमा निखारता ल्याउन सकिनेछ । पारिवारिक जमघटका बीच मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पहिलेका समस्याहरु हल हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईँको नाम अग्र पंत्तिमा आउनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुशि रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ व्यावसाय थालन नगर्नु नै राम्रो रहेकोछ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आजको दिन नभेट्दा नै राम्रो हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्लिे हेर्दा थप समस्या उत्पन्न हुने योग रहेकोछ । पढाइ लेखाइमा अरुभन्दा पछी परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बिरामी हुने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मिय साथी तथा आफन्तसँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेको छ । घरजग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला रुपैया पैसा फस्न सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । तरपनि अध्ययनमा मन जाने तथा सन्तानको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला गलत अर्थ लगाएर फसाउनेहरु हावी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ भने कुटुम्बसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुशि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुशि रहनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यून पारिश्रमिकमा दिनभर व्यास्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च हुनेछ । अन्यकाममा सहभागि हुँदा पढाइ लेखाइ भने थाती रहनेछ । तरपनि यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया