जसपा शीर्ष नेता र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल जारी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ ।
जसपा नेता केशव झाले मकालु खबरलाई दिएको जानकारीअनुसार अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा छलफल जारी छ । ‘अहिले छलफल भइरहेको छ,’ नेता झाले भने, ‘के विषयमा छलफल भइरहेको र कस्तो निष्कर्ष निस्कन्छ भन्नेबारे भने केही समय कुर्नुपर्छ ।’

अहिले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय परिषद्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । साथमा राजेन्द्र महतो र अशोक राई पनि बालवाटार पुगेका छ्न ।

यसअघि बिहीबार नै बसेको जसपा पदाधिकारीको बैठकले शुक्रबारको लागि संसदीय दलको बैठक बोलाएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई साविककै अवस्थामा फर्काइदिएपछि राष्ट्रिय राजनीतिमा नयाँ ‘सिनारियो’ बनेको छ । त्यसकै अहिले जसपा निर्णायक देखिन्छ । जसपलाई खासगरी पूर्वमाओवादी केन्द्र र पूर्वएमालेले सत्ता सहकार्यको लागि तान्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया