हिमालयन बैंकद्वारा मन्दिर पुनर्स्थापना गर्न १ करोड सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माण गर्न काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग रकम प्रदान गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोबिच सो सहयोग रकमको चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशील जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका सञ्चालक प्रतिमा पाँडेको उपस्थिति थियो ।

बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण÷पुनस्र्थापना वित्तीय साक्षरता, वातावरण संरक्षण, जनचेतना, आदि जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया