यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल फाल्गुन २७ गते । बिहीबार । ईश्वी सन् २०२१ मार्च ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–त्रयोदशी,२१ घडी १९ पला, दिउसो ०२ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– धनिष्ठा,३९ घडी ११ पला,बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त शतभिषा । योग– शिब,०९ घडी १० पला,बिहान १० बजेर ०० मिनेट उप्रान्त सिद्ध । करण– वणिज,दिउसो ०२ बजेर ५२ मिनेट उप्रान्त भद्रा, रातको ०२ बजेर ४८ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मकर,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३२ पला । महाशिवरात्रिव्रत, हलेसी महादेव, पशुपतिनाथ लगायत शिवमन्दिर भयका ठाँउमा मेला,धनिष्टा पञ्चक प्रारम्भ ।

आजको बार बेला 

बिहान ०६ बजेर २० मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर २१ मिनेटदेखी बिहान ७ बजेर ४९ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ५० मिनेटदेखी बिहान ९ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर १८ मिनेटदेखी बिहान १० बजेर ४६ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ४७ मिनेटदेखी मध्यान्ह १२ बजेर १५ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर १२ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर १३ मिनेटदेखी बेलुकी ४ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ४२ मिनेटदेखी बेलुकी ७ बजेर ४१ मिनेटसम्म अमृत बेला ।

नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल

दिउसो ०१ बजेर ४३ मिनेटदेखि दिउँसो ०३ बजेर १२ मिनेटसम्म रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : पैत्रिक सम्पती तथा सरकारी धन हातलागी हुने योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ बाटाहरु फेला पार्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्रपंक्तिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा बाधा तथा अवरोध हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि भई आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले तपाईँको काम समयमा सम्पन्न नगरिदिँदा महत्वपूर्ण कामहरु थाती रहनेछन् । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछी परिने अधिक सम्भावना रहेको छ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलासी जीवन व्यतित गरि रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बिहानको समय मध्ययम रहेकोले अध्ययनमा मन जाने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा घरपरिवारका साथ मिष्ठान्न भोजन गर्दै समय व्यातित गर्न सकिनेछ । मामा मावलीपक्षबाट पनि सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्नँ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले साहसिलाे काम गर्ने जाँगर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्रपंक्तमा तपाईँकै नाम आउनेछ । माया प्रेममा रमाउने चाहनेहरुका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले सामाजिक काममा समय बित्ने भएपनि तपाईँको डाहा गर्नेहरुले जनतामाझ अनावश्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार भइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने तथा विवादित विषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलाे काम गर्ने जोस आउनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुनाले व्यावसायमा लगानी गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहका लागी यात्राको अवसर जुर्नेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : बिहानको समय राम्रो रहेकोले राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागी समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । मध्यान्हबाट आर्थिक गतिबिधि सम्बन्धि काम गर्दा विशेष चनाखो रहनु होला समय मध्ययम रहेकोछ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपुर्ण बाताबरणमा समय व्यातित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

हेर्नुहाेस् भिडियाे :

प्रतिक्रिया