पार्टी फुट्ने हल्लाका बिच बाबुरामले भने- ओलीले अरुको शिकारमा विषाक्त घाँस हाल्दैछन्

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अरुको शिकारमा विषाक्त घाँस हालिरहेको’ आरोप लगाएका छन् ।
एमालेले संसदमा बहुमत पुर्याउन संघीय समाजवादी पार्टीभित्रको एक पक्षलाई सरकारमा ल्याउने प्रयास गरिरहेको चर्चा चलिरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।
सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीलाई सत्तामा एक मिनेट पनि बस्ने अधिकार नरहेको भन्दै उनले ओलीले अरुको शिकारमा विषाक्त घाँस हालिरहेको कुरालाई सबैले बुझ्नुपर्ने बताएका हुन् ।
उनले अखाद्य वस्तु नखानु प्राणीको शास्वत स्वभाव भएपनि नेपाली राजनीतिमा जो जे पनि खान उद्यत भएको भन्दै यस्तो किन भएको भन्ने प्रश्न पनि गरेका छन् ।
अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ
— Baburam Bhattarai (@brb1954) March 10, 2021








