केएमसीद्वारा शंखरपुरमा निःशुल्क स्वास्थ्य शिविर‚ १५ सय बिरामी लाभान्वित [भिडियोसहित]
२०७७ फागुन २६ गते
![केएमसीद्वारा शंखरपुरमा निःशुल्क स्वास्थ्य शिविर‚ १५ सय बिरामी लाभान्वित [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/Capture-2.jpg)
काठमाडौं । काठमाडौं मेडिकल कलेजले काठमाडौंको शंखरपुरमा मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । पिपुल केयर हस्पिटलसँग सहकार्य गरी शंखरपुर–६ सांखुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा १ हजार ५ सय ६४ जनाले उपचार सेवा लिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ३९६ जनाको भिडियो एक्सरे, ३८४ जनाको ल्याब टेस्ट र २५३ जनाको ईसीजी गरिएको छ । त्यस्तै ४८ जनाको दाँत खोलिएको आयोजकले जनाएको छ ।
केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । गरिव तथा विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।
२०७७ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित









