एभरेष्ट बैंकको १०२ औं शाखा गाईघाटमा शुभारम्भ

काठमाडौं । एभरेष्ट बैंकको १०२ औं शाखा गाईघाटमा शुभारम्भ भएको छ ।

बैंकका नायव महाप्रबन्धक डा सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा उक्त शाखाको बुधबार एक समोराहका बीच शुभारम्भ गरेका हुन् ।

उद्घाटन समारोहमा विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिकाका अध्यक्ष, भिम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्ण बहादुर श्रेष्ठ, एभरेष्ट बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक र पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया