गुणस्तर कायम नगरेको भन्दै सम्राट सिमेन्टलाई कारवाही

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गरेर बजारमा पठाएको भन्दै सम्राट सिमेन्ट उद्योगलाई कारवाही गरेको छ । बुधबार अनुगमनमा गएको विभागको टोलीले सिमेन्टमा तोकिएको गुणस्तर नपाएपछि सिमेन्ट बिक्री गर्न तत्काल रोक लगाएको छ ।

विभागका प्रवक्ता दिनानाथ मिश्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘अनुगमनका क्रममा देहाय बमोजिम उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करीब १०० बोरा अ‍ोपीसी सिमेन्ट पीआरए गजदम्बा इन्टरप्राइज बाफल काठमाडौंमा बिक्री वितरणका लागि राखेको पाइएकाले उक्त उद्योगलाई नेपाल गुणस्तर चिन्ह ऐन –२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाही गरिएको छ ।’

तोकिएको गुणस्तर पुर्याएर मात्रै सिमेन्ट बिक्री गर्न विभागले निर्देशन दिएको प्रवक्ता मिश्रलेज जानकारी दिएका छन् ।

दाङको सतवरियामा रहेको प्लान्टबाट सम्राट सिमेन्ट उद्योगले उत्पादन गरेको देव सम्राट प्रिमियम ओपीसी ब्रान्डको सिमेन्टलाई विभागले कारबाही गरेको हो । उद्योगले दैनिक ४ हजार ५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्दै आएको छ ।

उद्याेगमा १ अर्ब ६० कराेडभन्दा बढी लगानी छ । ५ सय मजदुर तथा कर्मचारी कार्यरत याे उद्याेगमा मुकुन्द प्रसाद तिमल्सिना लगयातकाे लगानी छ ।

यस्ताे छ विज्ञप्ति

 

प्रतिक्रिया