माओवादी केन्द्रले बनायो ४ सदस्यीय कार्यदल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४ सदस्यीय कार्यदल बनाएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठन निर्माणलाई ठोस रूप दिन ४ सदस्यीय कार्यदल बनाएको हो ।

नेता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको छलफलबारे ब्रिफिङ्ग गरेका थिए ।

प्रतिक्रिया