संसद बैठक चैत ३ गते बस्ने

काठमाडौं । संसदको सातौं अधिवेशनको दोस्रो बैठक शाेक प्रस्ताव पारित गर्दै सकिएको छ । अर्काे बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई जानकारी गराए ।

प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठक शुरु हुनुअगावै बाहिरिएका थिए । यसअघि गत २३ गते बसेको सातौं अधिवेशनको पहिलाे बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी थिएनन् । प्रतिनिधिसभा विघटन गर्ने उनकाे निर्णय असंवैधानिक भन्दै सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिका दुबै बैठकमा उनी सहभागि भएका छैनन् ।

आजको बैठकले १४ जना  सांसदकाे निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधि सभा सदस्यहरु सानु शिवा, सूर्यबहादुर केसीसँगै संविधान सभाका सदस्य रहेका मानपुर चौधरी र भीमप्रसाद गौतमको शोक प्रस्ताव पारित गरिएको हो ।

त्यस्तै पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र डा. शंकरप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पनि पारित भएको हो ।

प्रतिक्रिया