डिशहोम गोबाट अब ७० वटा च्यालन हेर्न सकिने

काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिशहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ ।

डिशहोम गोमा थप ५० च्यानल थपिएका छन् । उक्त सुविधा सुरु हुँदा २० च्यानल हेर्न सकिन्थ्यो । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न सक्ने गरी केही समयअघि डिशहोम गो मोबाइल एप सञ्चालनमा ल्याएको थियो ।

योसँगै डिशहोम गो एपले ‘भिडियो अन डिमाण्ड’ सेवाको पनि थालनी गरेको छ । जसमा ग्राहकले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सट फिल्म हेर्न सक्नेछन् ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगलप्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटै डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया