पाकिस्तानमा चम्किए नेपाली खेलाडी, सरुको १० र अनिताको ६ गोल

काठमाडौं । पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा नेपालका चार खेलाडी रहेकाे मासा युनाइटेड क्लबले उत्कृष्ट प्रदर्शन गरेकाे छ । च्याम्पियनसिपमा मासा युनाइटेडले सियालकोटलाई १९–० गोलले पराजित गर्दा नेपालका तीन खेलाडीले १७ गोल गरेका छन् ।

मंगलबार दिउँसो भएको खेलमा सियालकोट सिटीविरुद्ध मासा युनाइटेड एफसीका लागि सरु लिम्बुले १०, अनिता केसीले ६ गोल र गीता रानाले एक गोल गरेका हुन् । सरुले खेलको १२ औं मिनेटमा नै अग्रता दिलाएकी थिइन् । उनले खेलको १८ र २५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

लगत्तै खेलको २९ औं मिनेटमा अनिता केसीले व्यक्तिगत पहिलो गोल गरिन् ।

सरुले ४०, ४२ औं र पहिलो हाफको अन्तिम समयमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन् । अनिताले ४९ र ५३ औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक गरिन् । सरु र अनिताले आलोपालो गोल गरिरहेको खेलमा ५४ औं मिनेटमै सरुले र ५८ औं मिनेटमै अनिताले गोल गरे ।

नेपालकी गीता रानाले खेलको ६३ औं मिनेटमा एक गोल गरिन् । त्यसपछि सरु र अनिताले थप पाँच गोल गरे‚ जसमा सरुले ६७, ८५ र ८९ औं मिनेटमा गोल गरिन्। अनिताले ७२ र ७३ औं मिनेटमा गोल गरिन् ।

सम्बन्धित समाचार

पाकिस्तानमा नेपालको शान राखेर फर्किनेछौं : सरु लिम्बु

प्रतिक्रिया