ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरे पसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय ५३ पुगेको जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, दूरसञ्चार सेवा प्रदायक कम्पनीकोे महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ग्लोबल आइएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

प्रतिक्रिया