महिला दिवसमा रोयल इन्फिल्डको ‘वेमेन्स डे राइड’

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता एम भी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्स प्रालिले फागुन २४ गते १११ औं महिला दिवसको अवसरमा ‘वेमेन्स डे राइड’ कार्यक्रम आयोजना गर्यो छ । कार्यक्रमको शुभारम्भ रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले गरे ।

बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखी सुरु भएको यस राइडलेबनस्थली–स्वयम्भु–बल्खु–सानेपा हुँदै टेकुको जन उद्धार सेवा समितिमा पुगी त्यस बाल आश्रममा राशन र पढाई–लेखाइका सामग्रीको सहयोग गरी पहिलो चरण समाप्त गरेको थियो । दोस्रो चरणको लागि जन उद्धार सेवा समितिदेखि साँगा सम्मको ४० किलोमिटरको यात्रा गरेको थियो ।

३१ वोटा रोयल इन्फिल्ड मोटरसाइकलमा सवार ४३ जना राइडरहरुले यस राइडमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा दुबैतर्फबाट सगरमाथा आरोहणको विश्व रेकर्ड कायम गरेकी पत्रकार कल्पना महर्जन, भूतपूर्व डिआईजी बिमला थापा, सिताष्मा लामालगायतको सहभागी थियो । उक्त कार्यक्रमका रोड क्यापटेन महिला अन्तर्राष्ट्रिय मोटरसाइकल एशोसिएशनका अध्यक्ष सुनिता देशार रहेकी थिइन् ।

प्रतिक्रिया