सौन्दर्य उपचारका लागि हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा

काठमाडाैं । बानेश्वरस्थित भिमसेनगोलामा हेल्थवाइस पोलिक्लिनिक सञ्चालनमाआएको छ । पिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट)मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका यूवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले मंगलबार उद्घाटन गरेकी हुन् ।

कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्त रुपमा अघि बनाउने जनाएको छ । सौन्दर्य र स्वास्थ्य उपचार दुबै विधालाई एकै साथ अघि लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको सञ्चालकको दाबी छ ।

पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रुपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको जानकारी दिँदै संचालनकले यस उपचार केन्द्रमा जोकसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताए ।

‘नेपालमा सौन्दर्य उपचारको उच्च माग रहेता पनि प्रभावकारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने उपचार केन्द्रको अभाव रहेकाले सोलाई परिपूर्ति गर्ने उदेश्यका साथ यस पोलिक्लिनिक संचालनमा ल्याइएको हो,’ पोलिक्लिनिकका संचालक डा. बिजय भट्टराईले बताए ।

सौन्दर्य उपचारमा बर्सेनी दशाैं लाख रुपैयाँ बाहिरिरहेको जानकारी दिँदै उनको पोलिक्लिनिकले उक्त रकम बिदेशिनबाट रोक्ने समेत उनले विश्वास व्यक्त गरे ।

नेपालमै पहिलो पटक लेजर ट्रिटमेन्ट र कष्मेटिक सर्जरीको सेवा सुरु गर्न लागेको जानकारी दिँदै पोलिक्लिनिकका सेवाहरुले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वास्थ्य राख्न र राम्रो देखिन सघाउने संचालकले बताए ।

यस पोलिक्लिनिकले सौन्दर्य उपचार अन्तर्गत हेयर ट्रान्सप्लाण्ट एण्ड रेष्टोरेशन, लेजर्स एण्ड एस्थेटिक, न्युट्रिशन एण्ड एड्भान्स् स्लिमि¨ र फेसियल प्लाष्टिक सर्जरी एण्ड कष्मेटिक सर्जरीअन्तर्गतका सेवा दिने गर्दछ । स्वास्थ्य उपचार अन्तर्गत डर्माटोलोजी, इन्डोक्रिनोलोजी, नाक, कान र घाँटी, कार्डियोलोजी र अर्थोपेडिकअन्तर्गतका सेवा दिनेछ ।

हप्ताको सातै दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने यस उपचार केन्द्रले संचालनमा आएको अवसरमा आºना हरेक ग्राहक तथा बिरामीलाई एक महिनासम्म सबै खाले उपचारमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

कार्यक्रममा पूर्व चिकित्सक संघको अध्यक्ष डा. अन्जनीकुमार झाले अन्य पोलिक्लिनिक भन्दा फरक सुविधा र सेवा यसमा पाइने बताए ।

 

प्रतिक्रिया