सेयर बजारमा २३ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा मंगलबार २३.२२ अंकको गिरावट आएको छ । यस दिन परिसूचक १४६१.८८ बिन्दुमा ओर्लिएको छ । कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

यस दिन ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँमा २१० कम्प्नीका १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

होटल तथा पर्यटन, जलविद्युत् र म्युचुल फण्डबाहेका सम्पूर्ण समूह सूचक ओरालो लागेका छन् ।

यस दिन सबैभन्दा बढी कमाउने कम्पनीमा हिमालय ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, रैराङ हाइड्रो पावर, युनाइटेड फाइनान्स कम्पनी छन् । यी कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

त्यस्तै, यस दिन बढी गुमाउने कम्पनीहरुमा, सपोर्ट लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया