माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडाैं । माओवादी केन्द्रको स्थायी कमिटी बैठककाे बैठक आज (मंगलबार ) बस्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बाेलाइएकाे प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा बदलिँदाे राजनीतिक परिस्थितिमा कसरि अघि बढ्ने? सरकारलाई दिएकाे समर्थन के गर्ने लगायत विषयमा छलफल गर्ने तयारी छ ।
सर्वोच्च अदालतले  तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि माओवादी केन्द्रकाे पहिलाे बैठक बस्न लागेकाे हाे । साेमबार प्रचण्ड नेपाल पक्षकाे बैठकले अब आआफ्नाे दलमै फर्किने निर्णय गरेकाे थियाे ।
वर्तमान सरकारमा रहेका नेताहरु बैठकमा सहभागि हुने नहुने भन्ने तय भइसकेकाे छैन । उनीहरुले यसबारेमा निर्णय गर्न गृहमन्त्री रामबहादुर थापाकाे निवास पुल्चाेकमा छलफलमा छन् ।

प्रतिक्रिया