युवाहरू हातेमालो गरौँ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेतृत्व उत्तरदायित्वबाट विचलित हुँदा समस्या उत्पन्न भएको बताएका छन् । पार्टीका नेतृत्वहरु लोकतान्त्रिक मूल्य, राष्ट्रिय भावना र उत्तरदायित्वबाट विचलित हुँदा अहिलेको समस्या उत्पन्न भएको उनको तर्क छ ।

नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरूको बाहुल्यता बढदै जानु समस्याको अर्को कारण भएको उनले निष्कर्ष निकालेका छन् । प्राप्त गरेको उपलब्धि समावेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भई राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न मनमा उठेको शर्माले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफैभित्र उत्तर खोज्दै जादा लोकतान्त्रिक मूल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ।’ उनले अब उपलब्धी रक्षा गर्नका लागि युवाहरु हातेमालो गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया